नाडा शोको स्टलमा देखियो जनकपुरधाम,वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहकको भिड

३० भाद्र २०८०, शनिबार १४:००

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शो मा फरक शैलीमा स्टल राखेर आउने ग्राहकलाई  Buy 1 get 1 free  facility  उपलब्ध गराउदै आइरहेको छ     Buy 1 get 1 free  facility अन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन भने ग्राहकले वुलिंग को स्टल बाट त्यही बसेर  EMI 17,9,25  फाइनान्स को सुबिधा , गाडी एस्क्चेंज को सुबिधा पाउने छन्।

नाडा अटोशो मा रहेको वुलिग को स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरवार , डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहक को भिड छ भने अहिले सम्म छढ ओटा बुकिंग भैसकेको छ । १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोट बाट नै अन अफ हुने इन्डोनेसिएन प्रोडक्ट वुलिंग हो।

नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३ सम्म भ्रीकुटिमण्डप मा हुने छ भने आइतबार अन्तिम दिन हो र अन्तिम दिन सम्म कम्पनीले १०० ओटा बुकिंग लिने लक्ष्य बनाएको छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*