एक सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
२४ आश्विन २०८०, बुधबार ११:२२

काठमाडौं । बुधबार सुनको भाउ सामान्य रुपमा घटेको छ । आज सुन प्रतितोला एक सय रुपैैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख ८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहको छ । आज चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भईरहेको छ । मंलगबार पनि चाँदी सोही मूल्यमा कायम रहेर कारोबार भएको थियो ।