इजरायलमा अलपत्र परेकालाई उद्धार गर्न नेपाल एयरलाइन्सको विमान राति ११ बजे जाने
२४ आश्विन २०८०, बुधबार १३:३४

काठमाडौं । इजरायल र प्यालेस्टाइन विद्रोही हमासबीचको युद्धको कारण इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न नेपाल एयरलाईन्सको बीमान राति ११ बजे उड्ने भएको छ ।
अलपत्र नेपाली नागरिकलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको विमान आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जान लागेको हो ।
प्र.म पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किराती, नागरिक उड्ययन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखसमेतलाई बोलाएर इजरायलमा अलपत्र रहेका नेपालीको उद्धार गर्न तत्काल विमान पठाउन निर्देशन दिएका थिए ।