ओरियण्टल होटलको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२५ आश्विन २०८०, बिहीबार १८:१४

काठमाडौं । ओरियण्टल होटलको २६औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

सभाले ५.२७ प्रतिशत (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको थियो ।
सभामा अध्यक्ष सुभद्रा श्रेष्ठले सेयरधनीबाट प्राप्त सुझाव अनुसार आगामी दिनमा होटलको काम कारवाहीहरु सञ्चालन गर्ने बताइन् ।

उनका अनुसार कम्पनीको नयाँ भवन तीब्र रुपमा निर्माण भैरहेको छ। जसलाई यसै वर्ष सम्ममा पूरा गर्ने लक्ष्य कम्पनीको छ। मुख्य भवनको ३, ४ र ५ औं तल्ला पुनः निर्माण गरी आधुनिक बनाउन यही वर्षदेखि सुरु गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*