सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

२८ आश्विन २०८०, आईतवार ११:२६

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । गत शनिबार मात्रै तोलामा २ हजार ९०० रुपैयाँले बढेको सुन आईतबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार पनि सोही मूल्यमा कायम रहेर सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि स्थिर रहेर १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कायम भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*