घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

२८ आश्विन २०८०, आईतवार १५:१६

काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत नयाँ ग्राहकले ५० एम्.बि.पि.एस् देखी ३०० एम्.बि.पि.एस् सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जस्मा ग्राहकले ५० एमबिपिएस् देखी २५० एमबिपिएससम्म फाईभ–जी राउटर पाउनेछन भने ३०० एमबिपिएस्को प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन् ।

यस् अघी एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*