डीडीसीका १४ उत्पादनमा छुटै छुट

२८ आश्विन २०८०, आईतवार १६:४०

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दशैं, तिहार, छठपर्वमा आफ्ना उत्पादन विक्रि गर्दा छुट दिने भएको छ । संस्थानले आफ्ना १४ उत्पादनमा सहुलियत दिने घोषणा गरेको हो ।

डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा यसका लागि मेला नै लाग्ने बताइएको छ । संस्थानले सहुलियत मूल्यमा २५० रुपैयाँसम्म छुट पाइने जानकारी दिएको छ । संस्थानले एक विज्ञप्ती जारी गर्दै यो मूल्य हालका लागि लैनचौर बिक्री केन्द्रमा लागु हुने पनि बताएको छ ।

संस्थानका अनुसार घ्यू प्रतिलिटरमा ५० रुपैयाँ छुट दिएपछि एक हजार १५० देखि एक हजार २०० रुपैयाँ मूल्य तोकिएको छ। यसैगरी, पनिरमा प्रतिकिलो १०० रुपैयाँ छुट पाइनेछ । छुटपछि ५०० ग्रामको पनिर ४५० रूपैयाँ र २०० ग्रामको पनिर १९० रुपैयाँमा पर्नेछ ।

यसैगरी,टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट पाइनेछ । अब २५० ग्रामको टेबल बटरको ३५० रुपैयाँ पर्ने संस्थानले जनाएको छ । एक लिटरको जार दहीमा १५ रुपैयाँ छुट संस्थानले दिएको छ । एक लिटर १९० रुपैयाँ पर्ने दही अब १७५ रुपैयाँमा पाइने भएको छ ।

एक लिटरको पोली दहीमा १४ रुपैयाँ छुट पाएर अब १५६ रुपैयाँमा पाइनेछ । प्रोबायोटिक दही जारको प्रतिलिटर २० रुपैयाँ छुट हुनेछ । अब त्यो दही २०० रुपैयाँमा पाइने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*