पेट्रोलको मूल्य घट्यो

२८ आश्विन २०८०, आईतवार २०:०२

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसनबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*