सात सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

२९ आश्विन २०८०, सोमबार ११:०२

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला सात सयको दरले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कायम रहेर कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*