रंगुन खोला हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

२९ आश्विन २०८०, सोमबार १६:१२

काठमाडौं । रंगुन खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारण डाकेको छ । कम्पनीले कात्तिक १३ गते बस्ने गरी सभा डाकेको हो ।

उक्त कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित रजिष्टर्ड कार्यालयमा अपरान्ह २ः३० बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले संस्थापक र सर्वसाधारणलाई जारी गरिने शेयर प्रतिशत संशोधन र सो बमोजिम प्रबन्धपत्रको आवश्यक दफा समेत संशोधन गर्ने प्रस्ताव गरिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*