इनड्राइभले म्याराथन विजेतालाई प्रदान गर्यो इभी स्कुटर

२९ आश्विन २०८०, सोमबार १७:३५

काठमाडौं । इनड्राइभले आज आयोजित १५औँ काठमाडौं म्याराथन दौडको विजेतालाई इभी स्कुटर प्रदान गरेको छ । कम्पनीले म्याराथन दौडका विजेता होमनाथ श्रेष्ठलाई इभी स्कुटर उपहार प्रदान गरेको हो ।

इनड्राइभ वैकल्पिक यातायातको विकासमा सहयोग गर्ने ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो भने काठमाडौं म्याराथन, एक प्रतिष्ठित कार्यक्रम हो जसले नेपालभरका खेलाडीहरू र उत्साहीहरूलाई एकैसाथ ल्याउँछ । यो लगनशीलता, समर्पण र स्वस्थ र दिगो जीवन शैलीको लागि प्रतिबद्धताको मूर्त रूप हो । एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख फिक्स्चर हो ।

यस वर्ष, इनड्राइभले यस कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग हातेमालो गरेको थियो । म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै, इनड्राइभले ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गर्यो र ६०० सहभागीहरूलाई आकर्षित गर्यो जसले तीन महिनासम्म सँगै तालिम लिएका थिए । यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राखको छ ।

यसका साथै युवा तथा शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न इनड्राइभले काठमाडौं म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएर सहयोग गरेको थियो । यो पहल, इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासहरूको एक हिस्सा हो । किप फिट सर्किट तालिम आगामी ३१ अक्टोबरसम्म काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, थिमी, पोखरा, हेटौंडा र बुटवलमा सञ्चालनमा रहने जनाइएको छ ।

इनड्राइभको हेड अफ स्पोट्स, अन्ना फेडोरचकले यस कार्यक्रमको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “आज तपाईंहरूको अगाडि उभिन पाउँदा र अविश्वसनीय रुपमा काठमाडौं म्याराथनमा सहभागी हुन पाएकोमा म साँच्चै खुसी छु । यस कार्यक्रमले मेरो हृदयमा विशेष स्थान राखेको छ । काठमाडौं म्याराथन खेलकुद प्रतियोगिता मात्र नभई, यो खेलाडीबीचको मानवीय दृढता, भावना र एकताको उत्सव हो । यसले सबै सीमाना पार गर्दै, जीवनका सबै क्षेत्रका व्यक्तिहरूलाई एकताबद्ध गर्छ, र खेलकुदको शक्ति प्रदर्शन गर्छ ।”

’योरपेस’ इनड्राइभको नयाँ चलिरहेको परियोजना हो जसले स्थानीय स्तरमा दौडका आयोजकहरूलाई समावेशी र पहुँचयोग्य ईभेंटहरू सिर्जना गर्न स्रोतहरूसँग समर्थन गर्दछ । अक्टोबर १२ र १३ मा आयोजना गरिएको स्पोर्ट्स फेयर खेलकुद उद्योगको पहिलो एक्स्पो हो, जुन सबै उमेर समूहका खेलप्रेमीका लागि रोमाञ्चक अनुभव थियो ।

यो एउटा प्लेटफर्म थियो जहाँ खेलकुद उत्साहीले उपकरण, स्पोर्ट्स गियर, क्लोदिङ्ग, कुनै पनि खेलकुदको जानकारी, र खेलसँग सम्बन्धित कुनै पनि कुरा फेला पार्न सक्छन् । यो सबै खेल प्रेमीहरूको लागि उत्कृष्ट अवसर रहेको थियो । इनड्राइभ र योरपेस कार्यक्रमको स्टलमा, सबैले दौडने प्रयास गर्न सक्छन् र प्रशिक्षणको लागि साइन अप गर्न सक्छन्, साथै लटरीमा भाग लिए र पुरस्कारहरू समेत प्राप्त गर्ने गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*