आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुराउने छ भन्ने विश्वास लिएको छुः अर्थमन्त्री

२९ आश्विन २०८०, सोमबार २१:५३

काठमाडौं । आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुराउने छ भन्ने विश्वास लिएको छआर्थिक महिला पत्रकार संघ (फेजा) ले सोमबार एक कार्यक्रमका बिच आफनो औपचारिक उद्घाटन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा संघले सञ्चालन औपचारिक घोषणा गरेको हो ।

फेजाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले ठूलो महिला आफैमा एकजुट हुन सरानिय काम भएको बताए । महिलाले आफनै लागि अवसरको सृजना गर्न गठन गर्न स्थापना गरिएको फेजाको सफलताको लागि शुभकामना व्यक्त गरे । ‘आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुराउने छ भन्ने विश्वास लिएको छु । पत्रकारिता क्षेत्र भित्र पनि हुने विभेदलाई अन्त्य गर्न महिलालाई समान अवसरको प्रदान गर्नुपर्छ,’उनले भने । आर्थिक महिला पत्रकारको क्षमता विकासका लागि अर्थमन्त्रालय सधै तयार रहेको प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

त्यस्तै, अर्थमन्त्री महतले विभेद शक्ति नहुनेहरुमाथि इतिहासदेखि नै हुँदै आएको बताउँदै अर्थमन्त्री महतले सबै महिला पत्रकारलाई क्षमतावान बनाउन फेलाले ठूलो भूमिका खेल्ने बताए ।पछिल्लो समय आर्थिक पत्रकारितामा महिलाहरुको सहभागिता बढ्दै गएपनि यतिले मात्रै नपुग्ने हुँदा थप क्षमतायुक्त महिला उत्पादनमा फेजाले काम गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले महिलाले गरेका कामलाई आर्थिक पक्षसँग नजोडिने नेपाली समाजको पुरानै प्रवृति भएको उनले बताए । फेजाले यस्ता प्रवृतिलाई तोड्दै महिला पत्रकारको क्षमता अभिवृद्धि गर्नेमा आफु विश्वस्त रहेको बताए । साथै समाचारको माध्यमबाट मुलकमै वित्तीय साक्षरता, सकरात्मक आर्थिक विकास, सहि सूचना तथा ज्ञान पुग्नेमा आफु विस्वस्त रहेको उनले बताए ।

कार्यक्रममा सेबोनका अध्यक्ष हमाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँल, सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवा, पुँजी बजार संघकी अध्यक्ष राधा पोख्रेलले संघको सफलताका लागि शुभकामना व्यक्त गरे ।

फेजा आर्थिक पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका महिलाहरुको संघ हो । यसले यस क्षेत्रमा सक्रिय पत्रकारको क्षमता अभिवृद्धि गर्ने, अवसर सृजना गर्ने तथा पत्रकारको हक हितको लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गर्छ । संघले आफनो औपचारिक उद्घाटनसँगै साधारण सदस्यताको लागि आवहान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*