गोल्याण पावरको विशेष साधारण सभा कात्तिक १५ गते बस्ने

३० आश्विन २०८०, मंगलवार १०:५३

काठमाण्डौ । गोल्याण पावर लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले आगामी कात्तिक १५ गते विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रवन्धपत्रको दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । यसैगरी, सोही सभाले कम्पनीको नियमावलीको नियम २७(३) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*