नमस्ते पे मार्फत उडान टिकट बुकिङ गर्दा २ सयको उच्चतम क्यासब्याक

३० आश्विन २०८०, मंगलवार १०:५९

काठमाडौं । नमस्ते पे ले यस दशैंमा नमस्ते पे मार्फत घरबाट फर्किने उडान टिकट बुक गर्ने यात्रुलाई क्यासब्याक प्रदान गर्ने उद्देश्यले नयाँ अभियान सुरु गरेको छ । जस अन्तर्गत नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो अभियान १ कार्तिक २०८० देखि सुरु हुँदैछ ।

उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न यात्रुहरूले नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्नुपर्नेछ । २ सय रुपैयाँको क्यासब्याकका साथसाथै, प्रत्येक उडानकर्ताले ५०० काने डेटा प्याक र अभियान अवधिको अन्त्यमा १ भाग्यशाली यात्रुले आफ्नो अर्को खरिदमा ५० प्रतिशत छुट पाउनेछन् ।

नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उड़ान टिकट खरिद गर्न सक्दछन् ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*