घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

३० आश्विन २०८०, मंगलवार १०:५९

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ३०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, अघिल्लो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*