हालसम्मकै उच्च बिन्दुमा पुग्यो अमेरिकी डलरको भाउ, अन्य कुनको कति ?

३० आश्विन २०८०, मंगलवार ११:१९

 

काठमाडौं । मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ । मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा तोकिएको छ ।

यो मूल्य हाल सम्मकै उच्च हो । यसअघि गत असोज २ गते डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो रेकर्डभन्दा यो मूल्य १ पैसा बढी हो ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ०४ पैसा र बिक्रीमा १४० रुपैयाँ ६७ पैसा पाइन्छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८४ रुपैयाँ ४६ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९४ पैसा पाइन्छ।

er

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*