स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्वित

१ कार्तिक २०८०, बुधबार ०९:०१

काठमाडौं । नतिजामुखी काम गर्न नसकेको तथा आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला निलम्वनमा परेका छन् । स्वास्थ्य मन्त्रालयले डा. बसौलालाई निलम्वन गरेको हो ।

बसौलाले अनियमिता गरेको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । देशभरका ६० लाख भन्दा बढि जनता आबद्ध भएको स्वास्थ्य बीमा बोर्डलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेपछि मन्त्रालयले डा. बसौलालाई निलम्वन गरेको हो ।

निलम्वनपछि डा. मदन उपाध्यायलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर जनताको उपचार सहज बनाउन सरकारले स्वास्थ्य बीमा बोर्डलाई थप चुस्तदुरुस्त बनाउन चाहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*