तेह्र सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१ कार्तिक २०८०, बुधबार ११:५१

काठमाडौं । बुधबार सुनको मूल्य उच्च अंकले बढेको छ । आज सुन प्रतितोला १३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९०० र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*