दशैं विदामा पनि इन्धन वितरण नरोकिने, कुन्-कुन् दिन खुल्छन् पम्प ?

१ कार्तिक २०८०, बुधबार १५:४१

काठमाडौं । नेपाल आयल निगमले दशैं विदामा समेत इन्धन वितरण नरोक्ने भएको छ । निगमले दशैँ विदामा समेत पट्रोल, डिजेल र हवाई इन्धन वितरण गर्न भनी देशभरका डिपोहरुलाई सूचित गरिसकेको छ ।

विदाका बेला कुन ठाउँमा, कुन दिन, कुन डिपो खुल्ने भन्नेबारे निर्क्योल गर्न देशभरका कार्यालयबाट विवरण माग गरिएको निगमका प्रवक्ता मजोज ठाकुरले बताए ।

यस विषयको जानकारी दिन निगमले सार्वजनिक सूचना नै जारी गर्ने तयारी गरेको छ । निगमको बागमती प्रादेशिक कार्यालय थानकोटले सप्तमी, नवमी र द्वादशीमा डिपो खोलेर इन्धन वितरण गर्ने जानकारी केन्द्रीय कार्यालयलाई दिइसकेको छ ।

सबैभन्दा ठूलो डिपो मानिएको मधेश प्रादेशिक कार्यालय अमलेखगन्जले सप्तमी र द्वादशीका दिन खुला गर्ने जानकारी केन्द्रीय कार्यालयमा पठाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*