सुभाष सापकोटा यती एयरलाइन्सको सीईओ नियुक्त, गुम्दो विश्वास फर्काउने चुनौति

१ कार्तिक २०८०, बुधबार १६:१२

काठमाडौं । डिजिटल वालेट इसेवालाई आजको अवस्थामा ल्याईपुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुशल व्यवस्थापक सुवास सापकोटा यति एयरलाइन्स कम्पनीको सिईओमा नियुक्त भएका छन् । गत वर्षदेखि इसेवा छोडेका सापकोटा एक वर्षे कुलिङ पिरियड सकेर यति एयरलाइन्सको सिईओमा नियुक्त भएका हुन् ।

यति एयरलाइन्सले आईपिओ निष्काशन गर्ने र त्यसअघि आफ्नो कूल चुक्ता पुँजिको ४९ प्रतिशत शेयर स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिने प्रक्रियासँगै सिईओमा सापकोटा नियुक्त भएका हुन् । एसियन लाइफ इन्स्योरेन्ससँग एमओयूको तयारी अगाडि बढ्नासाथ यतीले नयाँ सीईओ भित्र्याएको हो ।

यति एयरलाइन्सका तत्कालीन अध्यक्ष आङछिरिङ शेर्पाको २०७५ फागुन १५ गते पाथीभरामा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कम्पनी कमजोर हुँदै गएको थियो । गत वर्ष माघ १ गते पोखरामा यतीको ७२ सिट क्षमताको एटीआर जहाज दुर्घटनापछि यसको व्यवसाय थप कमजोर बनेको थियो ।

नेपालमा डिजिटल वालेटको प्रयोग नै सुरु नभएको अवस्थामा अस्गर अलि, विश्वास ढकाल, सुवास सापकोटाहरुले इसेवा सुरु गरेर आफैमा चुनौतिपूर्ण कार्य गरेका थिए । अहिले सापकोटाको काँधमा अहिले बुद्ध एयरसँग कडा प्रतिस्पर्धा गर्न प्रयास गरिरहेको यति एयरलाइन्सको विश्वास र जनताको सुरक्षा चुनौतिसँग लड्ने यति एयरलाइन्सको सिईओ पदमा नियुक्त भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*