सरकारी खाता घाटामा, आम्दानी भन्दा खर्च धेरै, राजस्वमा गिरावट

२ कार्तिक २०८०, बिहीबार १०:१६

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको खाता ऋणात्मक देखिएको छ । सरकारले आम्दानी भन्दा खर्च धेरै गरेपछि खाता घाटामा गएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ आम्दानी गर्दा खर्च दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख गरेको छ ।

राजस्वमा आएको गिरावटले सरकारी खाता प्रभावित भएको महालेखा नियन्त्रयकको कार्यालयले जनाएको छ । असोज मसान्तसम्म सरकारी आम्दानी लक्ष्यको १५ दशमलव ९३ प्रतिशत अर्थात् दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपैयाँ भएको छ ।

यो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँको आम्दानी गर्ने लक्ष्य लिएको छ । सरकारले मासिक एक खर्ब १८ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*