कात्तिक महिनाको दोस्रो दिनपनि बढ्यो सुनको मूल्य

२ कार्तिक २०८०, बिहीबार १०:४६

काठमाडौं । कात्तिक महिनाको दोस्रो दिन आज बिहीबार पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० को दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० र तेजावी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ ।

कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने सस्तिएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिएको हो । अघिल्लो दिन प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*