होटेल एन्ड होम्समा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

२ कार्तिक २०८०, बिहीबार १२:४५

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले होटेल एन्ड होमसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सेवाग्राहीहरुले फ्ल्याटमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*