भारतले चामलमा लगाएको प्रतिबन्ध हटायो, नेपाललाई ९५ हजार मेट्रिक टन दिने

२ कार्तिक २०८०, बिहीबार ११:०३

काठमाडौं । भारतले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । छिमेकी मुलुक भारतले विश्वका सात देशमाथि चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्दा त्यसमा नेपाल पनि परेको हो । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको छ ।

भारतले आन्तरिक उत्पादनमा गिरावट आएको बहाना गर्दै बासमती बाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य अचाक्ली बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ । यो कोटाको चामल भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत निर्यात गरिने सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*