प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैलाई एकैसाथ हृदयघात !

२ कार्तिक २०८०, बिहीबार ११:२५

काठमाडौं । देशको सर्वोच्च निकाय मन्त्रिपरिषदका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड गत असोज ३० गते मंगलबार दिउँसो पश्चिम नेपालको एक कार्यक्रममा सहभागी भएकै बेला छातीमा केही असहज भएको अनुभति गरे । साँझ काठमाडौं फर्केर हताहतार नर्भिक अस्पताल पुगेर स्वास्थ्य परिक्षण गरियो । एन्जिओग्राफ सामान्य देखिएपछि मंगलबार राति नै प्रधानमन्त्री निवास फर्केर आराम गरे ।

उक्त घट्ना सेलाउन नपाउँदै प्रचण्ड क्याविनेटका अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बेईजिङको बिआरआईको कार्यक्रममा भाग लिन गएको अवस्थामा गए राति हृदयघात भएको छ । प्रधानमन्त्री प्रचण्डलाई छातीमा अप्ठेरो महसुस भएको भएको ४२ घण्टा नपुग्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयघात भई अस्पताल भर्ना भएका हुन् ।

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठ हृदयघात भई बेइजिङस्थित युनियन अस्पताल भर्ना भएको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सँगै रहेका सञ्चारकर्मीहरुलाई उध्रित गर्दै प्रकाशित समाचारमा उल्लेख छ । देशका कार्यकारी प्रमुख प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको मुटुमा समस्या आउनु राजनीतिक रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय दवाव हो वा संयोग मात्रै के हो त !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*