लगानी कोषको नागरिक पेन्सन योजना, को–को हुन पाउँछन् सहभागी ?

२ कार्तिक २०८०, बिहीबार १३:२२

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजना ल्याएको छ । कोषले प्रचलित कानुन बमोजिम स्थापना भएका सङ्घ, संस्था, एवं प्रतिष्ठानमा कार्यरत श्रमिक तथा कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवसीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन पाउने गरि पेन्सन योजना ल्याएको हो ।

सहभागी हुने बचतकर्ताहरूले न्यूनतम मासिक रु. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने सङ्ख्यामा जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक रूपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक रु.५०० भन्दा कम नहुने गरी बुझाउनुपर्नेछ ।

पेन्सन प्राप्त गर्नका लागि बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ट भुक्तानी लिन वा पेन्सनको रूपमा भुक्तानी लिन सक्नेछन् । कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ट रूपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस यो जनामा सहभागी हुन सक्नेछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवन कालभर पेन्सन पाउनेछन् ।

त्यस्तै, सहभागी बचतकर्ताले जम्मा गर्नुपर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा विद्युतीय भुक्तानी मार्फत योजनामा रकम जम्मा गर्न सक्नेछन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनुपर्नेछ । साथै, कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकम प्रति कोषको कुनै दायित्व नरहने कोषले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*