हृदयघात भएर अस्पताल भर्ना भएको गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

२ कार्तिक २०८०, बिहीबार १७:५६

काठमाडौं । हृदयघात भएर अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्यउन्मुख भएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले बिहीबार दिउँसो मेडिकल नोट जारी गर्दै गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो।

मेडिकल नोटमा, ‘उहाँ पूर्ण होसमा हुनुहुन्छ। स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण संकेत देखिएको छ’ भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ।

छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई अस्पताल लगिएको थियो। अस्पताल पुगेलगत्तै उनको कोरोनी एजियोग्राम गरेर छातीको परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*