असोजमा मात्रै सरकारको प्रशासनिक खर्च सवा खर्ब

३ कार्तिक २०८०, शुक्रबार ०९:०५

काठमाडौं । नेपाल सरकारको मासिक प्रशासनिक खर्च झण्डै सवा खर्ब पुगेको छ । असोज महिनामा मात्रै सरकाले १ खर्ब २२ अर्ब चालू खर्च गरेको छ ।

यो कर्मचारीको लतबभत्ता, प्रशासनिक खर्च र स्थानीय तहमा जाने अनुदानसहितको खर्च हो । यसका लागि सरकारले ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन गरेकामा असोजमा मात्रै ११ प्रतिशत खर्च भएको हो ।

सरकारले असोजमा तुलनात्मक रुपमा चालू बजेट बढी खर्चिने गरेको छ । यो समयमा कर्मचारी र पेन्सनलाई अतिरिक्त १ महिनाको तलब दिनुका साथै अन्य भुक्तानी पनि दिनुपर्ने भएका कारण चालू खर्च बढ्ने गरेको हो ।

साउन र भदौमा गरिएको चालू खर्चको तुलनामा असोजमा ३० प्रतिशत बढी खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तमा ८७ अर्ब ६६ करोड रुपैयाँ रहेको चालू खर्च असोज २९ गते २ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*