प्रहरीको असई र इन्स्पेक्टरमा ठूलो संख्यामा खुल्यो भर्ना, कहाँ-कहाँबाट भर्ने फाराम ? (विवरणसहित)

३ कार्तिक २०८०, शुक्रबार १०:४४

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले सरकारी अखबारमा विज्ञापन प्रकाशित गरेर असईमा खुला १४० र इन्सपेक्टरमा खुला ५२ जनाको पदपूर्ति गर्ने जनाएको छ ।

यस्तै, असईतर्फ अमर प्रहरी परिवारबाट ५ जना, समावेशी महिला २३, आदिवासी जनजाति ३६, मधेशी ३३, दलित १७ र पिछडिएको क्षेत्र ६ जना गरी खुला (१४०)सहित कुल २६० जनाको विज्ञापन खुलेको छ । इन्स्पेक्टरतर्फ अमर प्रहरी परिवारबाट २, महिला ९, आदिवासी जनजाति १२, मधेशी १३, दलित ६ र पिछडिएको क्षेत्र २ गरी (खुला ५२)सहित ९६ जनाको विज्ञापन खुलेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सबै प्रदेशका प्रदेश प्रहरी कार्यालय तथा प्रदेश प्रहरी तालिम केन्द्रमा गएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । असईमा दरखास्त दिनेको उमेर १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनु पर्ने तथा खुला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजपत्र अनङ्कित प्रहरी कर्मचारीका कहमा भने ३५ वर्ष ननाघेको हुनुपर्ने छ । यस्तै, इन्स्पेक्टरमा भर्ना हुन चाहनेको उमेर २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*