अठार सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
३ कार्तिक २०८०, शुक्रबार ११:३५

काठमाडौं । कात्तिक महिनाको तेस्रो दिनपनि सुनको मुल्य बढेको छ । आज सुन प्रतितोला अठार सयले बढेको हो । दशैै नजिकिएसँगै सुनको भाउ उकालो लागिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबारको अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७०० र तेजावी सुन १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोलाा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।












