बुढानीलकण्ठ स्कुलले प्रिन्सिपल नियुक्त गर्न गर्‍यो ‘खुला’ विज्ञापन

३ कार्तिक २०८०, शुक्रबार ११:१०

काठमाडौं । छुट्टै पहिचान बोकेको बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्ने भएको छ । शुक्रवार सरकारी अखबार गोरखापत्रमा सूचना प्रकाशन गरेर बुढानीलकण्ठ स्कुलले प्रिन्सिपलका लागि दरखास्त माग गरेको हो ।

बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्त गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

४० वर्ष उमेर पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको २१ दिनभित्र दरखास्त दिन भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*