आइएमई तथा आइएमई पेमा कलाकारको चासो र संग्लनता बढ्दो क्रममा

३ कार्तिक २०८०, शुक्रबार १५:२५

काठमाडौै । आइएमई तथा आइएमई पेमा कलाकारको चासो र संग्लनता बढ्दो क्रममा देखिएको छ । आइएमई पेले हालै सार्वजनिक गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनामा आइएमई तथा आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ ।

आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरी तथा अभिनेत्री दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसेडरका रुपमा परिचित गराएको आइएमई तथा आइएमई पेको यस करोडपति योजनामा पनि एम्बेसेडरद्वयको उत्साहपूर्ण साथ तथा समर्थन देखिएको छ ।

यसका साथै यो योजनाको थप जानकारी हरेक दिन आइएमई तथा आइएमई पे’को अफिसियल टिकटकको लाइभमार्फत प्राप्त गर्न सकिनेछ । जसमा नेपालको चर्चित कलाकार यशराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्रान्ड इन्फुएन्सरका रुपमा उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ।

यशराज गराच हाल नेपालका चर्चित कलाकार हुन्। जसले लगभग १ दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने ८०० भन्दा बढी नेपाली म्युजिक भिडियोमा पनि काम गरेका छन्। साथै, उनी विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि छन्।

यसैगरी साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन्। उनले धेरै नेपाली म्युजिक भिडियोमा काम गरेकी छन् भने विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छन्। धेरै चर्चित ब्रान्डहरुको ब्रान्ड मोडेलका रुपमा पनि उनलाई देख्न सकिन्छ।

यस्तै प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाइएको नाम हो । उनले विभिन्न नेपाली म्युजिक भिडियोमा काम गरेकी छन् भने धेरै टेलिभिजनका कार्यक्रम प्रस्तोताका रुपमा पनि छिन्। उनलाई उत्कृष्ट इभेन्ट म्यानेजरका रुपमा पनि चिन्न सकिन्छ ।

अर्काे नेपाली कलाकारितामा चर्चित नाम हो, गोपाल ढकाल । जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन्। उनी विगत १८ वर्षदेखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरी नेपाली हास्य टेलिचलचित्रमा उनी रुचाइएको कलाकार हुन्। ।

यी सबै कलाकारलाई अहिले आइएमई तथा आइएमई पेले आफ्नो ब्रान्ड इन्फुएन्सरका रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पेको हरेक योजनामा ब्रान्ड इन्फुएन्सरहरुको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ ।

यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पेमा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पेद्वारा प्रवद्र्धित भिडियोमा देख्न सकिन्छ । आइएमई पे ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिभ पेमेन्ट पार्टनर पनि रहेको छ । जसका माध्यमबाट पनि आइएमई तथा आइएमई पेमा कलाकारहरुको चासो बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*