नेपालपे इन्स्ट्यान्टले ल्यायो निःशुल्क फण्ड ट्रान्स्फरको अफर

३ कार्तिक २०८०, शुक्रबार १५:३९

काठमाडौं । नेपालपे इन्स्ट्यान्टले कात्तिक ३० गतेसम्म्का लागि निःशुल्क फण्ड ट्रान्स्फरको अफर ल्याएको छ । अब नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले कात्तिक १ गतेदेखि ३० गतेसम्म नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्ने भएका छन् ।

नेपालपे इन्स्ट्यान्टमार्फत ग्राहकहरुले बैंक÷वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा कनेक्ट आईपीएसमा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न सक्दछन् । हाल नेपालपे इन्स्ट्यान्टको सुविध कनेक्ट आईपीएस, बैंकका मोबाइल बैंकिङ्ग एपहरु तथा सेलपे, हाम्रोपे र मोरु (एमओआरुयू) लगायतका वालेटहरुमा उपलब्ध रहेको छ ।

नेपालपे इन्स्ट्यान्टमा लाभग्राहीको भच्र्युएल प्राइभेट एड्रेस (भीपीए) को आधारमा फण्ड ट्रान्स्फर वा भुक्तानी गर्न सकिन्छ । ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फण्ड ट्रान्स्फर गर्न सक्दछन् र यसको लागि बैंक खाताको विवरण आवश्यक पर्दैन ।

नेपालपे इन्स्ट्यान्टमार्फत फण्ड ट्रान्स्फर गर्दा ग्राहकहरूले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ्ग एप वा वालेट वा कनेक्ट आईपीएसबाट ट्रान्स्फर गर्न सक्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*