फूलपातीको दिन बल्खु, कोटेश्वर र कलंकी रित्तै

४ कार्तिक २०८०, शनिबार १५:१०

काठमाडौं । विगत दशकौंदेखि दशैं आउने वित्तिकै कलंकी चोकमा खटिएका ट्राफिक प्रहरीहरुको टाउको दुख्थ्यो–फूलपाती वरपरको समयमा ट्राफिक व्यवस्थापन कसरी गर्ने ? त्यस्तै दशैंमाको फूलपाती आपसपासमा काटेश्वर चोकको ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण हुन्थ्यो ।

तर, यस वर्ष फूलपातीको दिन कलंकी चोक, बल्खु चोक र कोटेश्वर जस्ता राजधानी बाहिरिने चोक खाली देखिएका छन् । वर्षदिनको चाड पर्व मनाउन राजधानी बाहिरिने मुख्य चोकहरु रित्तो देखिएसँगै यस वर्षको दशैंमा आम सर्वसाधारणमा भयंकर अप्ठेरो र निराशाबीच मनाउन लागेको देखिएको त होइन भन्ने आशंका उत्पन्न भएको छ ।

दशैंको समयमा राजधानी बाहिरिने यात्रुहरु अत्याधिक भिड बढ्दा राजधानीको काटेश्वर, बल्खु र कलंकी चोकमा मुख्य भिड लाग्ने गर्दछ । कलंकीचोकबाट लामो दुरीका सवारी साधनहरु काठमाडौं प्रवेश गर्ने र बाहिर निस्कने गर्दछन् । पश्चिम क्षेत्रका सबै सवारी साधनहरु कलंकी चोक हुँदै बाहिर निस्कन्छन् ।

आर्थिक संकटकाबीच चाडपर्व मनाउन लागिएको हुँदा त्यस्को प्रभाव देखिएको समाजशास्त्री डा। निति अर्याल बताँउछिन् । आर्थिक मन्दी र बिषम अवस्थाबाट केही राहत भएपनि अझै पूर्ण रुपमा आम सर्वसाधारणहरु यस बर्ष काठमाडौंमा नै दशैं मनाउने सुरसारमा देखिएको उनी बताँउछिन् ।

त्यस्तै, काटेश्वरबाट पूर्वतर्फका हलुका र माइक्रोबसहरु छुट्ने गर्दछन् । त्यस्तै, बल्खुबाट हेटौडा, बारा, पर्सा, सर्लाहीसम्मका यात्रु बाहक साधनहरु छुट्ने गर्दछन् ।
यस वर्षको दशैंमा करिब २० लाख मानिसहरु राजधानी बाहिर जाने विश्वास गरिएको थियो ।

तर, काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार शनिबार विहानसम्म १० लाख हाराहारी मात्रै मानिसहरु बाहिर गएका छन् । सो आधारमा यस वर्ष दशैंमा धेरै मानिसहरु काठमाडौंमा नै बसेको देखिएको छ ।
दशैंको समयमा मानिसहरु किन घर गएनन् ? हुन त घर जाने कुरासँग दशैंमा निराशा छाएको विषयसँग जोड्नु हुँदैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*