हुन्डाई ब्रान्डको हाइब्रिड गाडीमा आगलागी जोखिम, ५४ हजारभन्दा बढी सवारी फिर्ता

६ जेष्ठ २०८३, बुधबार १४:३६

काठमाडौँ । विश्वप्रसिद्ध कोरियन अटोमोबाइल निर्माता कम्पनी हुन्डाई फेरि एक पटक एक मोडलमा ठूलो प्राविधिक कमजोर भएको स्वीकार गरेको छ । विश्व बजारमा आफ्नो विश्वसनीयता, आधुनिक प्रविधि र नवप्रवर्तनका लागि चिनिँदै आएको कम्पनीले पछिल्ला वर्षहरूमा बारम्बार देखिएका गुणस्तरसम्बन्धी समस्या र रिकलका कारण गम्भीर आलोचनाको सामना गरिरहेको हो ।

हालै कम्पनीले संयुक्त राज्य अमेरिकामा मात्रै ५४ हजारभन्दा बढी हाइब्रिड गाडी फिर्ता बोलाउने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार हुन्डाईले आफ्ना केही हाइब्रिड मोडलमा आगलागीको जोखिम हुन सक्ने प्राविधिक समस्या स्वीकार गरेको हो विशेषगरी हाइब्रिड पावर कन्ट्रोल युनिट अत्यधिक तात्ने समस्या देखिएपछि कम्पनीले ५४ हजार ३३७ वटा सवारीसाधन फिर्ता बोलाउने निर्णय गरेको हो। यो समस्या सन् २०२४ देखि २०२६ मोडेल वर्षसम्मका एलान्ट्रा हाइब्रिड गाडीहरूमा देखिएको बताइएको छ। सामान्य सञ्चालनका क्रममा, विशेषगरी उच्च विद्युतीय भार परेको अवस्थामा, हाइब्रिड पावर कन्ट्रोल युनिटमा असामान्य रूपमा तापक्रम वृद्धि हुने समस्या देखिएको हो।

हुन्डाईका लागि यो घटना पहिलो भने होइन। केही समयअघि मात्रै कम्पनीले करिब तीन लाख सवारीसाधन फिर्ता बोलाएको थियो जसमा एकभन्दा बढी लोकप्रिय मोडलहरू समावेश थिए। तीमध्ये सन् २०२३ देखि २०२५ सम्म उत्पादन भएका हुन्डाई आयोनिक ६, सन् २०२४ देखि २०२६ सम्मका हुन्डाई सान्ता फे र यसको हाइब्रिड संस्करण, साथै सन् २०२३ देखि २०२६ सम्मका जेनेसिस जी९० मोडेलहरू रहेका थिए। लगातार ठूलो संख्यामा सवारीसाधन फिर्ता बोलाउनुपर्ने अवस्था आउनुले कम्पनीको उत्पादन गुणस्तर र दीर्घकालीन विश्वसनीयतामाथि प्रश्न उठाइरहेको छ।

विश्व अटोमोबाइल बजारमा हुन्डाईलाई लामो समयदेखि प्रविधिको प्रतीक र सस्तो तर भरपर्दो विकल्पको रूपमा हेरिँदै आएको थियो। विशेषगरी विकासशील बजारदेखि विकसित देशसम्म यसको उपस्थिति मजबुत मानिन्थ्यो। तर पछिल्ला वर्षहरूमा देखिएका श्रृंखलाबद्ध प्राविधिक समस्या, इलेक्ट्रिक प्रणालीमा त्रुटि, ब्रेक फेल हुने घटना, सफ्टवेयर गडबडी, क्यामेरा प्रणालीको समस्या, ढोका बन्द नहुनेजस्ता घटनाले कम्पनीको छविमा निरन्तर धक्का पुर्‍याइरहेका छन्।

नेपालमा समेत पछिल्लो समय हुन्डाईका विभिन्न ब्रान्डमा आगलागी र प्राविधिक समस्या आउने गरेका छन् । नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ब्रान्ड बिक्री वितरण गर्दै आइरहेको छ ।

यो पनि:-

गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी

थानकोटमा पार्किङ मै जलेर खरानी बन्यो ‘हुन्डाई क्रेटा’, गुणस्तरमा गम्भीर प्रश्न

गम्भीर त्रुटिले संकटमा हुन्डाई ब्रान्डः अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता

गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा

हुन्डाईका गाडीमा अर्को समस्या रहेको स्वीकार, फ्युल पम्पका कारण आगलागीको जोखिम

प्राविधिक समस्यापछि अमेरिकाबाट हुन्डाईका १ लाख ४५ हजार ईभी गाडी फिर्ता

हुन्डाई र कियाका ईभी गाडीमा गम्भीर समस्या, दुर्घटनाको जोखिम बढ्ने सवारी धमाधम बिक्री गरिदैं

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*