हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
६ जेष्ठ २०८३, बुधबार १५:१९

काठमाडौँ । लामो समयपछि शेयर बजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०८ अकंले बढेर २७५४.४८ बिन्दुमा कायम भएको हो ।
कारोबार रकममा पनि केहि सामान्य सुधार देखिएको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको हो ।
आज अप्पर लोहोरे खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ७३.२० रुपैयाँले बढेको हो ।
साथै, माउन्टेन हाइड्रोको ११.८८ प्रतिशत, भुगोल हाइड्रोको ७.५१ प्रतिशत, शिखर पावरको ६.१२ प्रतिशत र सिटि होटलको ५.९० प्रतिशतले शेयर मूल्य बढेको छ ।













