गोरखाको बारपाक नजिकै केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्पको धक्का, काठमाडौंसम्म हल्लियो

५ कार्तिक २०८०, आईतवार ०८:१२

काठमाडौं । महाअष्टमीको दिन विहानै शक्तिशाली भुकम्पको धक्का राजधानी काठमाडौं, धादिङ र चितवन आसपासका क्षेत्रमा गरिएको छ । आज विहान ७ः३९ बजे धादिङ र गोरखाको सीमा आसपासमा केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भुकम्प गएको हो ।

भुकम्पको कारण राजधानी काठमाडौंमा कडा धक्का महसुस गरिएको छ । सडकमा राखिएको विजुलीका लठ्ठाहरु बेस्सरी हल्लिएका थिए भने एक तल्ला भन्दा माथि बसेकाहरुले भुकम्पको धक्का महसुस गरेका थिए ।

दशैं मनाइरहेका बेला एकाएक हल्लाएपछि होहल्ला गर्दै मानिसहरु सडक बाहिर निस्किएको देखिएको छ । भुकम्पले कुनै मानवीय र भौतिक क्षति पुगेको खवर छैन । भारतीय भुकम्प मापन केन्द्रले भुकम्पको केन्द्रबिन्दु धादिङबेसीभन्दा पश्चिम र गोरखाभन्दा पूर्व रहेको जनाएको छ । यसअघि २०७२ सालको महाभुकम्पको केन्द्रबिन्दु बारपाकबाट नजिकै केन्द्रबिन्दु बनेर भुकम्प गएको हो । भारतीय भुकम्प मापनकेन्द्रले १० किमी गहिरो जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*