आज बिजया दशमी, टीका र जमरा लगाएर मनाइदै

७ कार्तिक २०८०, मंगलवार ०८:०२

काठमाडौं । घटस्थापनादेखि सुरु भएको दशैंको आज मुख्य दिन बिजया दशमी हो । आज देश विदेशमा रहेका सबैले मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशिर्वाद लिने प्रचलन रहेको छ ।

घटस्थापनापछि घर घरमा स्थापना गरिएको नवदुर्गा भवानीको बिसर्जन गरी देवीको प्रसादको रुपमा रातो टीका र जमरा लगाएर बिजया दशमी पर्व मनाइदैछ । असत्यमाथि सत्यको बिजय भएको प्रतिकको रुपमा समेत बिजया दशमी पर्वलाई नेपाली समुदायले नेपाल र विश्वभर भव्य रुपमा मनाउँदै आएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिले आजको लागि टीकाको साइत विहान ११ः०२ बजे उत्तम रहेको जनाएको छ । यद्यपि आज विहान सूर्योदयसँगै देवी विसर्जन गरी बिहानैदेखि टीका लगाउन मिल्नेछ ।

ज्योतिषहरुले दुर्गा भवानीको बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत रहेको जनाएको छ । आजदेखि सुरु भएको टीका र प्रसाद ग्रहण कोजागत पुर्णिमासम्म चल्नेछ । नेपालीहरुले यस अवधीमा आफन्तसँग भेटघाट गर्न जाने रमाइलो गरेर बिताउने गर्दछन् । दशै नेपालीहरुको राष्ट्रिय पर्व हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*