दशैं बिदामा घर गएकाहरू फर्किन थाले कार्यथलो

१० कार्तिक २०८०, शुक्रबार ०९:०४

काठमाडौं । दशैं बिदामा घर फर्किएकाहरू कार्यथलो फर्किन थालेका छन् ।बिदामा घर गएकाहरू फर्किन थालेपछि राजमार्ग, सडक र सहरमा चहलपहच बढ्न थालेको छ ।

त्रयोदशीका दिनदेखि सरकारी कार्यालय सञ्चालनमा आउने भएकोले बिदामा गएकाहरू कार्यस्थल फर्किन थालेका हुन् ।

शुक्रबार कार्यालय भेटाउनेहरू कोही बिहीबार नै गन्तव्यमा पुगिसकेका छन् भने कोही यात्रामै छन् ।घरबाट फर्किनेहरू बढेपछि काठमाडौंका चोक र बसपार्कमा पनि भीडभाड छ । तर, उपत्यकामा पर्याप्त सार्वजनिक सवारी साधन नहुँदा गन्तव्यमा पुग्न समस्या भएको यात्रुको गुनासो छ ।

सरकारले फूलपातीदेखि द्वादशीसम्म दशैं बिदा दिएको थियो ।शुक्रबारदेखि कार्यालय सञ्चालन हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*