रुसको जवाफले मध्यपूर्व तनाव थप बढ्ने संकेत, विश्व अर्थतन्त्रमाथिको संकट गहिरिँदै

१० कार्तिक २०८०, शुक्रबार १०:२४

काठमाडौं । रुसले पश्चिमा राष्ट्र तथा युरोपीयन युनियनले लगाएका विभिन्न प्रतिबन्धबारे कडा प्रतिक्रिया दिएसँगै मध्यपूर्व तनाव थप गहिरिएर जाने तथा विश्व आर्थिक संकटको अवस्था चुलिएर जाने खतरा बढेर गएको छ । क्रेमलिनले पश्चिमाहरुको प्रतिबन्धले आफुहरुलाई अझै ५-१० वर्ष कुनै असर नपार्ने र रुसी अर्थव्यवस्था पश्चिमी प्रतिबन्धसँग पूर्ण रुपमा अनुकुलन भइसकेको प्रतिक्रिया दिएको छ ।

उसले सम्भावित प्रतिबन्धको समेत कुनै डर नरहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले प्रकाशित गरेका समाचारमा जनाइए अनुसार हालै युरोपीयन युनियनका अधिकारीहरुले रुसलाई सुझाव दिँदै दीर्घकालीन प्रतिबन्ध लाग्ने जनाउ दिएका थिए ।

त्यसैको जवाफमा रुसले जति सुकै प्रतिबन्ध लगाएपनि आफ्नो अर्थ व्यवस्थामा कुनै असर नपर्ने प्रतिक्रिया दिएको हो । अहिलेसम्म रुसमाथि प्याकेज कै रुपमा ११ वटा प्रतिबन्ध लागिसकेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, ‘रुसले दशकौंदेखि प्रतिबन्धमा छ । जसलाई हामीले सहनसक्ने क्षमता विस्तार गरिसकेका छौँ । यस कारण, ५-१० वर्षको प्रतिबन्धसँग हामी डराउँदैनौँ ।’

२५ फेब्रुअरी २०२२ मा रुसले युक्रेनलाई पूर्ण रुपमा नियन्त्रणमा राख्ने गरी गरेको आक्रमणको भोलिपल्टै युरोपीयन युनियनले प्रतिबन्धको घोषणा गर्दै युद्धको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । केही पर्यवेक्षक संस्थाहरुले युक्रेनविरुद्धको युद्ध रोक्न विफल भएका कारण प्रतिबन्धलाई कस्ने रणनीति लिइएको तर्क गरेका छन् ।

नर्वेको जोखिम परामर्श कम्पनी कोरिस्कको रिपोर्ट अनुसार १२ युरोपेली देशको सीमा शुल्क विश्लेषणमा रुपमाथिको प्रतिबन्ध करिब ८ बिलियन युरोको थियो । तर, रुसले पश्चिमाहरुको प्रतिबन्धले आन्तरिक अर्थतन्त्र बलियो हुनुका साथै औद्योगिक उत्पादन बढेको तर्क गरेको छ । उता, मध्यपूर्व इजरायलमा विद्रोहीको आक्रमण जारी छ ।

हमासले गरेको आक्रमणले ठूलो जनधनको क्षति भइसकेको छ । रुसको यस प्रतिक्रियाले मध्यपूर्व तनावलाई थप बल पुग्ने र त्यसको असर विश्व अर्थतन्त्रमा पर्ने अड्कल गर्न थालिएको छ ।–एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*