भारतमा प्याजको भाउ बढ्यो, नेपालमा के होला ?

१० कार्तिक २०८०, शुक्रबार १६:२२

काठमाडौं । भारतमा प्याजको मूल्य बढेको छ । प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य बढेर ७० रुपैयाँ पुगेको छ । भारतमा प्याजको मूल्य बढेसँगै नेपाली व्यापारीहरुले चलाखी गर्न थालेका छन् । उनीहरु प्याजका लागि भारत कै भर पर्नु पर्ने बाध्यताका कारण नेपाली बजारमा पनि त्यसको प्रभाव पर्ने अनुमान उनीहरुले गरेका छन् ।

भारतले केही समयअघि प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएपछि नेपालमा प्याजको मूल्य ८० देखि ९० रुपैयाँ प्रतिकिलो पुगेको पुगेको थियो । नेपालीले उपभोग गर्ने प्याज ९० प्रतिशत भन्दा भारतबाट नै आयात हुन्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले ३० हजार २ सय ७२ मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो ।

जसमा एक अर्ब नौ करोड ५८ लाख दुई हजार रुपैयाँ खर्च भएको बताइन्छ । काठमाडौंको कालीमाटी बजारमा मात्रै औसतमा दैनिक ९० देखि एक सय टन ब्याज भारतबाट आयात हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*