सरकार फेरबदल वा मन्त्रिपरिषद पुनर्गठन चर्चाकाबीच ओली पुगे प्रचण्ड भेट्न सिंहदरबार

१० कार्तिक २०८०, शुक्रबार १६:५८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्य विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका लागि मुख्य विपक्षी दल एमालेका अध्यक्ष केपी ओली शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए ।

सरकार फेरबदल तथा मन्त्रिपरिषद पुनर्गठनको चर्चाकाबीच मुलुकको कार्यकारी प्रमुख र मुख्य विपक्षी दलका नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्ताको अर्को घटक नेपाली कांग्रेस तथा त्यसका पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्रैबाट अर्थमन्त्री फिर्ता बोलाउन चर्को दबाब परेको र प्रधानमन्त्री प्रचण्ड समेतलाई गृहमन्त्री हटाउने दबाब आइलागेको चर्चाकाबीच दुई शीर्ष नेताले प्रसन्न मुद्रामा भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइनु पर्ने राजनीतिक मामिलाका जानकारहरुले बताएका छन् ।

शीर्ष तहको राजनीतिक खिचातानी कोशी प्रदेशको सरकार विस्तारमा आएर छताछुल्ल भएको थियो । कोशीको सरकार विस्तारका विषयमा उत्पन्न अन्यौलबीच भएको भेटलाई मुख्य विपक्षी एमालेले अझ महत्वकासाथ लिएको बताइन्छ ।

अधिकांशले एमाले कै सहयोगमा नेपाली कांग्रेसका विद्रोही सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएको अर्थ लगाइरहेका छन् । एमालेले पनि कांग्रेसबाहेक अन्य दललाई प्रदेश सरकारमा सामेल गर्न नहुने बताउँदै आएको छ । मुख्यमन्त्री कार्की भने सर्वदलीय सरकार गठनमा जोड दिइहेका छन् । -फोटो : प्रदीप राज वन्त

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*