गाजामा तत्काल दीगो मानवीय युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित, युद्धविरामको पक्षमा नेपालको भोट

११ कार्तिक २०८०, शनिबार ०९:२४

एजेन्सीहरु । संयुक्त राष्ट्र संघको महासभाबाट इजरायलले गाजामा गरेको हवाई आक्रमण र विनाश तत्काल रोक्ने एउटा महत्वपूर्ण प्रस्ताव बहुमतले पारित गरेको छ । इजरायलले हमासमाथी सैन्य कारवाहीको क्रममा गाजापट्टीमा रहेका हजारौं निर्दोष मानिसहरु मारेपछि संयुक्त राष्ट्र संघको महासभामा स्थानीय समय अनुसार शुक्रबार मतदान भएको थियो ।

संयुक्त राष्ट्र संघीय महासभाको हिजोको बैठकमा इजरायल हमासबीचको युद्ध र गाजामा गरिएको हवाई आक्रमण तथा निर्दोषमाथिहरुको मरेको विषयमा गाजामा तत्काल भरपर्दो र दीगा मानविय युद्धविराम गर्नुपर्ने प्रस्ताव पेश गरिएको थियो । सो प्रस्तावमाथि भएको मतदानमा इजरायलको पक्षमा जम्मा १४ देशले मात्रै मतदान गरेका छन् भने विपक्षमा १२० देशले मतदान गरेका छन् । त्यस्तै, ४५ देशले मतदान नगरी तटस्थ बसेका छन् ।

संयुक्त राष्ट्र संघको महासभाबाट युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित भएपछि इजरायलमाथि गम्भिर नैतिक संकट उत्पन्न भएको छ । इजरायलले प्रारम्भिक प्रतिक्रिया दिँदै संयुक्त राष्ट्र संघीय प्रस्ताव अस्वीकार गर्ने घोषणा गर्दै युद्ध र आक्रमण जारी राख्ने उल्लेख गरेको छ ।

यसैबीच, नेपालले पनि गाजामा मानवीय युद्धविरामको पक्षमा मतदान गरेको छ । हिजो शुक्रबार भएको मतदानमा गाजामा निर्दोष मानिसहरु मारिएकोले तत्कालै युद्धविराम गर्नुपर्ने पक्षमा मतदान गरेको हो ।

राष्ट्र संघको उक्त कदमपछि इजरायलले तत्काल युद्धविराम नगरे मध्यपूर्वको अवस्था झन भयङ्कर बन्दै क्षेत्रीय युद्धमा परिणत हुने खतरा बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*