३ महिनामा ५ अर्ब १७ करोडका विजुली गाडी आयात

१२ कार्तिक २०८०, आईतवार १४:३६

काठमाडौं । पर्याप्त चार्ज स्टेशन नहुँदा उपभोक्ताले सास्ती भोगिरहेको चर्चाका बीच चालू आर्थिक वर्षको तीन महिनामा २१ सय ३५ युनिट विद्युतीय कार, जीप तथा भ्यान आयात भएको तथ्याङक सार्वजनिक भएको छ ।

भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार गएको साउनदेखि असोज महिनासम्म ५ अर्ब १७ करोड बराबरको २१ सय ३५ वटा विद्युतीय कार, जीप तथा भ्यान आयात भएको हो । चीन र भारतबाट उत्तिकै मात्रामा विद्युतीय कार, जीप तथा भ्यान नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जस वापत सरकारले २ अर्ब २४ करोड रुपैयाँ बराबरको भन्सार शुल्क उठाएको छ ।

चीनबाट मात्रै १ हजार ५१ युनिट विद्युतीय सवारी आयात भएका छन् । चीनबाट बीवाइडी, एमजी, सेरेस, ग्रेटवाल, नेटा भी लगायतमा इभीहरु आयात हुने गरेका छन् । सबैभन्दा बढी भने बीवाइडी नै छ । त्यसपछि एमजी छ । भन्सार विभागको तथ्याङक अनुसार भारतबाट १ हजार ३१ युनिट इभी आयात भएका छन् । जसमा टाटाको हिस्सा धेरै छ । सिट्रोनको हिस्सा टाटाको तुलनामा कम छ ।

विभागको रेकर्ड अनुसार ५१ किलोवाट क्षमताको मोटर भएका इभीहरु सबैभन्दा धेरै आयात भएका छन् । सँगसँगै ९५४ युनिट‚ ११ सय ६६ युनिट र ५० किलोवाटभन्दा कम क्षमताको मोटर भएका इभीहरु पनि नेपालमा अधिक मात्रामा भित्रिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*