मुक्तिनाथ म्युचुअल फण्ड–१ सञ्चालनमा आउने

१२ कार्तिक २०८०, आईतवार १४:५५

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको ‘मुक्तिनाथ म्युचुअल फण्ड–१’ सञ्चालनमा ल्याउने भएको छ ।

मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्न योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले असोज २६ गते प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो ।

इकाई विक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले नै गर्नेछ । मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फण्ड हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*