राष्ट्रसंघका महासचिव गुटेरेसले भने-नेपालका लागि अबका दिन सुखद्

१२ कार्तिक २०८०, आईतवार १६:२३

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय भेटघाट तथा भ्रमण अवलोकनमा व्यस्त छन् । आइतबार उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा उनले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताए । संक्रमणकालीन न्यायको प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री भने हुनुपर्ने उनको धारणा छ ।

प्रधानमन्त्रीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा गुटेरेसले नेपालको आगामी दिन अझ महत्वपूर्ण हुने बताए । विकासोन्मुख मुलुकमा बढुवा, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम टुंगो लाग्नै लागेकाले नेपालका आगामी दिन सुखद हुने उनको भनाइ छ ।

गुटेरेसले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् भने दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने सूची छ । महासचिव गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्र, नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी समेतको भ्रमण अवलोकन गर्ने कार्यक्रम छ । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमणमा आएका गुटेरेसले शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने पूर्व निर्धारित कार्यसूची थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*