पाँच सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
१३ कार्तिक २०८०, सोमबार १०:५५

काठमाडौं । कात्तिक १३ गते सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार सुनले ऐतिहासिक मूल्य कायम गरि प्रतितोला १ लाख १७ हजार पुगेको थियो र आइतबार पनि सुन सोही मूल्यमा कायम रही कारोबारमा आएको थियो ।
त्यस्तै, तेजावी सुन आज प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । शनिबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार पनि सोही मूल्यमा कायम रही तेजावी सुन कारोबारमा आएको थियो ।
आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भईरहेको छ ।