शिवम् सिमेन्टका भि.पि. अग्रवाल ‘श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३’ बाट सम्मानित

१३ कार्तिक २०८०, सोमबार ११:४७

काठमाडौं । शिवम् सिमेन्टका भि.पि.(सेल्स एण्ड मार्केटिङ) निखिल अग्रवाल सम्मानित भएका छन् । शिवम् सिमेन्टमा स्थापना कालदेखिनै कार्यरत अग्रवाल गत कात्तिक ३ गते ब्रान्डम्यान इन्डिया पीआर एण्ड प्रोमोशनद्वारा आयोजित सम्मान कार्यक्रममा ‘श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३’ बाट सम्मानित भएका हुन् ।

ब्रान्डम्यान इन्डिया पीआर एण्ड प्रोमोशनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ । यसको प्रमुख लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगहरुमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुसंग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्यहरु रहेका छन् ।

ब्रान्डम्यान इन्डिया पीआर एण्ड प्रोमोशनल हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्याङकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पु¥याएको उत्कृष्ट योगदानको आधारमा अवार्ड दिने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*