गार्डियन माइक्रो लाइफको आठौं शाखा घोराहीमा

१३ कार्तिक २०८०, सोमबार १४:३९

काठमाडौं । गार्डियन माइक्रो लाइफले आठौं शाखा विस्तार गरेको छ । कम्पनीले दाङको घोराहीमा आफ्नो आठौं शाखा कार्यालयको उद्घाटन गरेको हो ।

घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा चौधरिले कम्पनीले आफ्नो उद्देश्य अनुरुप ग्रामीण बस्तीहरुमा लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने कुरामा आफूलाई विश्वास लागेको बताए ।

कार्यक्रममा कम्पनीका मूख्य प्रबन्धक कैलाश देवकोटाले कम्पनीको सेवा सुविधा तथा लघुबीमाको औचित्य र उद्देश्यको बारेमा जानकारी दिएका थिए । बस्ती–बस्तीमा पुगेर लघुबीमाको सुविधा दिने र डिजिटल माध्यमबाट कम्पनीको दाबी भुक्तानी प्रणाली छिटोछरितो र सरल बनाउने पनि उनले बताए ।

कार्यक्रममा घोराही उप–महानगरपालिका वडा नं. १५ का रमेश पाण्डे, वडा नं. १६ का अध्यक्ष तारा डांगी, उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी लगायत स्थानीयको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*