गुराँस लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

१४ कार्तिक २०८०, मंगलवार १०:४५

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।

कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख) पदको सहायक श्रेणीमा ४ जना कर्मचारी माग गरेको छ । त्यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र प्लस टु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र लघुवित्तको सहायकमा २ वर्ष कार्य गरी कम्तिमा एक वर्ष शाखा प्रमुखको कार्य गरेको वा सहायक पदमा रही १ वर्ष शाखा प्रमुखको जिम्मेवारी पुरा गरेको हुनुपर्नेछ ।

त्यस्तै,सहायक पदको सहायक श्रेणीमा ६ जना कर्मचारी माग गरिएको छ । यसका लागि प्लस टु वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तको कनिष्ठ सहायक पदमा २ वर्ष कार्य गरेको हुनुपर्नेछ । कनिष्ठ सहायक पदको सहायक श्रेणीमा केही कर्मचारी माग गरिएको छ । त्यसका लागि व्यवस्थापन विषयबाट प्लस टु वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्तको शाखा कार्यालयमा १ वर्ष काम गरेको हुनुपर्नेछ ।

त्यस्तै, कम्पनीले कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसमा व्यवस्थापन विषयबाट प्लस टु गरेकाले आवेदन दिन सक्नेछन् । उमेरको हदमा भने दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप गरिएको छ ।

आवेदन दिन योग्य एवम् इच्छुक जो–कोहीले कम्पनीको वेबसाईट www.guranslaghubitta.com.np को करिअर भित्र रहेको एप्लिकेशन फर्म डाउनलोड गरी आवश्यक कागजातसहित रितपूर्वक फर्म भरी अप्लाई फर जबमा गई विवरणहरु अनलाईन सबमिट गरी मंसिर ८ गतेभित्र आवेदन पेश गर्न सक्नेछन् ।

2 thoughts on “गुराँस लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

  1. Gobinda Prasad rajak says:

    Very nice

  2. Sonu Kumari yadav says:

    No

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*